माधब पौडेल
कार्तिक २२ अर्घाखाँची,
अर्घाखाँची जिल्लाको पूर्वि पाणिनी गाउँपालिका वडा नं २ पोखराथोक मा रहेको जिल्ला कै नमूना विद्यालय श्री हरिहर संस्कृत साधारण तथा प्राविधिक मा वि मा आज कक्षा १२ मा अध्ययनरत बिधार्थीहरूले नवआगन्तुक कक्षा ११ का बिधार्थिहरूलाई एक कार्यक्रम का बिच स्वागत गरेकन छन।
उक्त स्वागत तथा सुभकामना कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सो बिधालयका प्रधानाध्यापक विष्णु प्रसाद पोखरेलले नव आगन्तुक बिधाथिहरूलाई बधाई तथा सुभकामना ज्ञापन गर्नुभयो कार्यक्रम मा बोल्दै पोख्रेल ले विद्यालय मा प्रवेश गरिसकेपछि विद्यालय ले बनाएका आचार संहिता अनिवार्य पालना गर्नुपर्ने साथै अनुशासन लाई बिधार्थी ले आत्मसाथ गर्नु पर्ने मा जोड दिनु भयेको थियो ।
सोहि कार्यक्रममा बिधालयका सहायक प्रधानाध्यापक द्वेय माधव प्रसाद घिमिरे तथा अर्जुन थापा त्यसै गरि बिधालयका वरिष्ठ शिक्षक ठाकुर प्रसाद गौतम हरिहर क्याम्पस प्रमुख डिलाराम पोखरेल, चिरञ्जीवी गौतम, बालकृष्ण पोखरेल, लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रम को बिचबिचमा साहित्यीक कार्यक्रम पनि भएको थियो। कार्यक्रम सञ्जय गौतम को सञ्चालन साथै मनिषा खत्रीको अध्यक्षता मा सम्पन्न भयेको थियो