कमल पौडेल
२४ कार्तिक
बडिगाड बागलुङ
पौंदिवासीहरुको पहिचान, न्वागी मेलाको संरक्षण र सम्मान भन्ने नारा सहित यस वर्ष पनि ग्वालीचौरको खार वजारमा
पौंदि न्वागी मेला २०७६ हुने भएको छ।
मंसिर १ गते देखि ६ गते सम्म चल्ने मेलामा खुल्ला पुरुष भलिवल प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम, खुल्ला एकल
रेकर्ड नृत्य प्रतियोगीता, खुल्ला दोहोरी गित प्रतियोगीता, महिलाहरुको म्यूजिकल चेयर रेश प्रतियोगीता, शैक्षिक प्रदर्शनी,
खुल्ला वडा स्तरीय पुरुष लुठो तान प्रतियोगिता, खुल्ला सरायँ नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी, रमाइलो मेला, सर्कस पिङ
लगाएतका कार्यक्रम आयोजना गरिएको छ।
पौंदि न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने
आयोजकले जनाएको छ। यस क्षेत्रकै सर्वाधिक राशि १ लाख २ हजार २ सय २२ पुरस्कार रहेको खुल्ला पुरुष भलिवल प्रतियोगीता
मेलाको आकर्षण रहनेछ।
जसको उपविजेताले ६६ हजार ६ सय ६६ हात पार्ने छ। गुल्मी र बागलुङमा फैलीएको तत्कालिन इस्मा राज्य अन्तरगतको
पौंदिक्षेत्रका वासिन्दाले मंसिर १ लाई नयाँ चामल खाने (न्वागी खाने) दिनको रुपमा मनाउने गर्दछन्। यसै दिनलाई मुख्य मानेर
वर्षौं देखि खार वजारमा मेला लाग्दै आएको छ। यस वर्षको मेलाको उद्घाटन बागलुङ क्षेत्र नं. २ का संघिय साँसद
देवेन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।