माधव बेल्वासे
कार्तिक ३०
अड्गुरी
नेपाल रेडक्रस सोसाइटी अड्गुरी उपशाखाको आयोजनामा आज रेडक्रस परिचय तथा आजिवन सदस्यहरुलाइ
प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
शाखाका सभापति शालिकराम बेल्वासेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी
जिल्ला शाखा अर्घाखाँचीका कार्यबाहक सभापति कमल प्रसाद घिमीरे प्रमुख अतिथि रहनुभएको थियोे ।
पाणिनी गाउँ पालिका वडा न। ७ का वडा अध्यक्ष गुनाखर अधिकारी , वडा सदस्यहरु रेडक्रस जिल्ला शाखाका
कोषाध्यक्ष तुल्सी पौडेल लगायत अथिती रहेको कार्यक्रममा रेडक्रस प्रेमिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
शाखाका तर्फबाट मीन बहादुर थापाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा रेड्क्रसका आजिवन सदस्यहरुलाइ
प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष गुनाखर अधिकारीले बिपत तथा सर्सफाइको क्षेत्रमा
रेड्क्रसले गरेका कामहरूको खुलेर प्रशम्शा गर्नुभएको थियोे ।
यस्तै जिल्ला कोषाध्यक्ष तुल्सिराम पौडेलले रेडक्रस एउटा पवित्र मानवीय सस्था रहेको बताउनु भएको थियो ।
त्यसै गरि प्रमुख अथिती कमल घिमिरेले रेडक्रसनै सबै अटाउन सक्ने सस्था भएको भन्दै रेडक्रसमा लाग्नेहरुले
सधैव सेवा भाव राख्दै स्वार्थ र लोभ त्याग्नुपर्ने बताउनु भएको थियो ।कार्यक्रमको संचालन शाखाका सचीव
नेत्र कुवरले गर्नुभएको थियो।