चुरामणि तिमिल्सीना
पाल्पा, पौष १२ – पाल्पाको तानसेन नगरपालिका वार्ड न १४ अर्गलिमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै सिङ्गो वार्डलाई नै सरसफाइ गर्ने एक कार्यक्रमको बिच घोषणा गरिएको छ ।
तानसेन नगरपालिका १४ का वार्ड अध्यक्ष कमल रानाको अध्यक्षता रहेको कार्यक्रममा जनततिनिधी बिष्णु रेग्मी, सीता ज्ञवाली, टन्कीकला बिक, नेपाली काङ्ग्रेस का दधिराम न्यौपाने, नेकपाका केसब प्रसाद भट्टराई, सिकाइ केन्द्र अर्गलिका श्रीधर प्रसाद भट्टराई , सबै टोल समियोजकहरु ,खेलाडीहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा पुर्ब गाबिसका उपाध्यक्ष भानुभक्त पाण्डेले यो वार्डलाइ सर सफाइ कार्यक्रम लाई प्रभावकारी बनाउन आफ्नो छिमिकीले गरेको उदाहरण दिदै आगामी दिनमा सबै आफनो आफनो ठाउबाट लाग्न सबैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा यो वार्डलाइ सरसफाइ गर्न बिबिध प्रक्रिया अवलम्बन गरेर पहिलो चरण अभियानको रुपमा कार्ययोजना लागू गर्ने , सबै टोल बासिलाइ चेतना जगाउने सूचना प्रकासन तथा प्रसारण गर्ने ,यति भन्दाभन्दै पनि अटेर गरेमा पहिलो चरणमा रु १०० देखि १००० सम्मको जरिवाना गर्ने अन्तरक्रिया कार्यक्रमले निर्णय गरेको छ ।तत्कालको लागि भने टोल को बैठक , आमासमुहको बैठक, क्लबको बैठक बसि कार्यक्रम लाई अभियानको रुपमा लैजाने वार्ड अध्यक्ष तथा कार्यक्रम का अध्यक्ष कमल रानाले बताउनुभयो । साथै १० जना नगरपालिकामा द्धितिय हुन सफल खेलाडीहरुलाइ समेत जनही १००० का दरले पुरस्कृत गरिएको वार्ड सचिब सङकर पान्डेले जानकारी दिनुभयो ।