चुरामणि तिमिल्सीना
पौष १५- दिगोज्योति समाजसेवी परिवार तानसेन नगरपालिका १४ अर्गली पाल्पाले १८ बार्सिउत्सब समारोहको अबसर पारेर पन्चेबाजा सहित भलिबल प्रतियोगिता कार्यक्रमको औपचारिक सुभारम्भ गरेको छ ।
कार्यक्रममा प्रबिण रानाको अध्यक्षता, तानसेन नगरपालिका १४ अर्गलिका वार्ड सदस्य बिष्णु रेग्मीको प्रमुख आथित्यता रहेको थियो । वार्ड सदस्य रमेश प्रसाद न्यौपाने, नेकपाका सोभाखर भट्टराई लगायतले कार्यक्रमको सफल्ताको सुभकामना तथा क्लबको प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रममा खेल सम्योजक रबिन रानाले खेलको बिषयमा प्रष्ट पार्दै सबै खेलाडीहरुलाइ खेल सम्बन्धी जानकारी गराउनुभएको थियो । कार्यक्रम का प्रमुख अतिथी रेग्मिले खेल स्वास्थयको लागि महत्त्वपूर्ण भएकाले खेलाडी हरु दैनिक खेल्नुपर्ने र यस्ता कार्यक्रममा वार्डले समेत सम्पुर्ण सहयोग दिने प्रतिबद्धता जनाउनुभएको थियो । खेलमा पाल्पा ,गुल्मी, स्याङ्जा तथा आसपासका गरि करिब १८ समुहको सहभागीता रहने कार्यक्रमका अध्यक्ष प्रबिण रानाले बताउनुभयो । कार्यक्रम कुल बहादुर रानाको सन्चालनमा सम्पनन् भएको थियो ।