अनिल खत्री
१७ मंसिर, गुल्मी -गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दुर्घटनामा परको हो । जीप दुर्घटनामा १ जना बच्चा सहित १४ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका ४ का ३० वर्षीय सुचना कार्की, सोही गाउँपालिका ४ कै जिप चालक रेश्म थापा, सोही गाउँपालिका ४ कै वर्ष ४० की बसुन्धरा कार्की,सोही गाउँपालिका बस्ने वर्ष २३ र्की माया थापा,४० वर्षी सिता कार्कीं,२ वर्षीय अनुशा कार्की,वर्ष ६५ की झवी कार्की,वर्ष ४० की महेन्द्र कार्की,वर्ष ४५ की भुमी कार्की, २५ वर्षी मिना बस्नेत , ६५ वर्षी धन बहादुर कार्की,बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिक ५ बस्ने ५५ बर्षी लक्ष्मी केसी,नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने ६० वर्षी मुना कार्की, कञ्चनपुर जिल्लाका वर्ष ५५ का धन बहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिप दुर्घटनामा घाइते हुनेमा नवलपरासि बर्दघाट नगरपालिका २ बस्ने बर्ष २२ का जिवन कार्की,इस्मा गाउँपालिका ४ बस्ने ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षी मिना केसीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा इस्मा गाउँपालिका ४ बस्ने धन बहादुर कार्की बेपत्ता भएका छन । मृतक मध्ये १ बालक सहित ९ जना महिला, ४ जना पुरुष रहेका छन् ।

गुल्मीको इस्मा बाट २४ जना जीपमा सवार रहेको र बिचमा प्रहरीले केहिलाई गाडीबाट झारेर अर्को गाडीमा सवार गरेको बताइएको छ । दुर्घटनामा परेको जीपमा १८ जना सवार रहेको बताइएको छ । जिपमा सवार सबै गुल्मीबाट कुल पुजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिडेका थिए । घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकालाई लिन दुर्घटना स्थल पुगेका गुल्मी क्षेत्र नं २ का सांसद एवं पुर्व मन्त्री गोकर्ण विष्टले हेलिकप्टरबाट घाईतेलाई काठमाण्डौं लैजानु भएको छ । पुर्व मन्त्री विष्टले घाइतेको उपचारमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै दुर्घटनाले गुल्मीलाई स्तब्ध बनाउनुका साथै अपुरणीय क्षती पुगेको बताउनुभयो ।