हुमाकान्त पोखरेल,
गुल्मी,२५ पौष – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को संगठन विस्तार अभियानअन्तरगत विभिन्न विद्यालयहरुमा कमिटी गठन गरिएको छ ।
चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरस्थित चन्द्रकोट बहुमुखी क्याम्पसमा विनु कार्कीको अध्यक्षतामा ३१ सदस्यिय अनेरास्ववियूको गठन गरिएको छ । जसको उपाध्यक्षमा अर्जुन विक, सचिवमा देव थापा, सह–सचिवमा लक्ष्मी विक र कोषाध्यक्षमा ज्ञानु शर्मा लगायत अन्य सदस्यहरु रहेका छन् । मुसिकोट नगरपालिका ५ स्थित शिवशंकर माध्यमिक विद्यालयमा अनिल अर्यालको अध्यक्षतामा ६५ सदस्यिय प्रारम्भिक कमिटीको गठन गरिएको छ । जसको उपाध्यक्षमा अविशेक अर्याल र सुजता राना, सचिवमा दुर्गा प्रसाद अर्याल, सह–सचिवमा आकृति अर्याल र कोषाध्यक्षमा गोपाल खरेल लगायतका अन्य सदस्यहरु रहेका छन् । चन्द्रकोट र मुसिकोटमा संगठनका केन्द्रिय सदस्यद्धय घनश्याम खरेल र काशिँराम पाण्डे, जिल्ला सचिवालय सदस्य श्रीराम महत लगायतले सहजिकरण गरेका थिए ।
मदाने गाउँपालिका वडा नम्बर ७ भनभनेको दिपक माध्यमिक विद्यालयमा ८१ सदस्यिय अनेरास्ववियूको गठन गरिएको छ । जसको अध्यक्षमा शिशिर भण्डारी, सचिवमा वसन्त पोखरेल तथा कोषाध्यक्षमा मनिसा घर्ती लगायत अन्य सदस्यहरु रहेका छन् । यो सँगै जिल्लामै पहिलो पटक मदाने गाउँपालिकाका सबै आठाटा माध्यमिक विद्यालयमा अनेरास्ववियूले कमिटी गठन गरेको त्यस गाउँपालिकाका संयोजक एवम् जिल्ला सचिवालय सदस्य रमेश पाण्डेयले जानकारी दिए । मदानेमा पाण्डेयसँगै जिल्ला सचिवालय सदस्य एवम् संगठन विभाग उप–प्रमुख राजन केसी, जिल्ला सदस्य गोपाल भण्डारी लगायतले सहजिकरण गरेका थिए ।
रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा ५३ सदस्यिय अनेरास्ववियूको गठन गरिएको छ । जसको अध्यक्षमा उदय ज्ञवाली, सचिवमा विकास ज्ञवाली लगायत अन्य सदस्यहरु रहेका छन् ।
सोहि स्थानमा रहेको जनबोध माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरु सम्मिलित कमल गिरीको अध्यक्ष र माधव पुरी सचिव रहने गरी १२३ सदस्यिय अनेरास्ववियूको गठन गरिएको छ । सोहि विद्यालयको कक्षा ९ र १० का विद्यार्थीहरु सम्मिलित रहने गरी कमिटी गरिएको छ । जसको अध्यक्षमा अनिश सुनार, सचिवमा मनिषा पाण्डे लगायत अन्य १०१ सदस्यहरु रहेका छन् । रुरुक्षेत्र गाउँपालिका ३ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा नविन परियार अध्यक्ष र बर्षा दर्लामी सचव रहने गरी ३३ सदस्यिय अनेरास्ववियूको गठन गरिएको जिल्ला सचिवालय सदस्य एवम् रचनात्मक विभाग प्रमुख नविन अर्यालले जानकारी दिए । रुरुक्षेत्रमा अनेरास्ववियू जिल्ला संयोजक राजेन्द्र विक्रम कुँवर, सचिवालय सदस्य किशन पण्डे, जिल्ला सदस्य बालेन श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए ।