कृष्ण घिमिरे
माघ २८ ,गुल्मी – रानीबन सामुदायिक बन मुसिकोट नगरपालीका वडा नम्बर २ को उपभोक्ता समितिको बैठक सम्पन्न भएको छ ।
बैठकले मिन बहादुर बोहोराको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लाल बहादुर बोहोरा ,सचिव सावित्रा महत ,कोषाध्यक्ष कमला नेपाली, सदस्यहरुमा चिन्ता बहादुर थापा,तिल बहादुर खड्का, कर्ण बहादुर सुनार ,राम बहादुर सुनार र कमला बिक रहनुभएको छ ।बनका पुर्व अध्यक्ष तथा वडा प्रतिनीधी धुर्व पछाईको अध्यक्षतामा सम्पन्न बैठकले बिधानमा उल्लेख भएअनुसार नया मुल्य सुचि निर्धारण गरेको छ ।
जसमा सालको काठ प्रति क्युफिट १०० रुपैया, सल्लाको काठ प्रति क्युफिट ५० रुपैया,चिलाउनेको काठ प्रति क्युफिट ४० रुपैया,अन्य जातको काठ प्रति क्युफिट ३० रुपैया,बल्लाबल्लीको काठ प्रति क्युफिट १०० रुपैया,दाउरा प्रति डोका २० रुपैया,हलो ,हरिस र जुवाको काठ ५० रुपैया र गोल प्रति बोरा २० रुपैया निर्धारण गरिएको छ । काठ दाउरा आवश्यक परेको उपभोक्ताले फागुन १५ गते भित्र निबेदन दिन सकिने बन समितिले जनाएको छ ।