गुल्मी
माघ ४ – माछे ब्याड लिफ्ट खानेपानी योजना धुर्कोट गाउपालीका वडा नम्बर ७ वाग्ला गुल्मीको समुद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
संघिय सरकारका पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद गोकर्ण बिष्टले खानेपानी योजनाको शनिबार उद्धघाटन गर्नुभएको हो । १ करोड ३१ लाख लागतमा सम्पन्न भएको हो । सम्पन्न भएसगै १२४ घर र ५ संस्था गरि १२९ घरमा खानेपानी पुगेको छ । कार्यक्रममा मुसिकोट नगरपालीकाका मेयर सोमनाथ सापकोटा , ,रेसुगां नगपालीका उप प्रमुख सिता भण्डारी, धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोखे्रल, छत्रकोट गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थ , मालीका गाउपालीका अध्यक्ष रित बहादुर थापा ,स्थानिय तहका प्रमुुख तथा उप प्रमुखहरु,राजनैतिक दलका नेताहरु, जनप्रतिनिधिहरु,सामाजिक व्यक्तित्वहरु ,लगायतको उपस्थिति रहेको थियो ।
विगतमा साविकका वाग्ला गाविसका ३,५,६,७,८ नम्बर वडाका ६५० जनाले पानीको समस्या भोगेका थिए अहिले खानेपानी योजना सन्चालन भएसगै खुशि व्यक्त गरेका छन । कार्यक्रममा अन्तराष्ट्रिय बिषयको बारेमा पनि चर्चा भएको थियो । कार्यक्रममा खानेपानी योजनाका अध्यक्ष एमलाल पन्थीको अध्यक्षता,पुर्वमन्त्री बिष्टको प्रमुख आथित्यता, प्रदेश ५ सरकारका सांसद दिनेश पन्थीको बिशिष्ट आथित्यता रहेको थियो । वडाअध्यक्ष हिम प्रसाद पन्थीको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सन्चालन सचिव तिर्थराज पन्थीले गर्नुभएको थियो ।