राधा पोख्रेल
गुल्मी,फागुन ६ – युनाइटेड ओल्ड स्कुलद्धारा स्थापित देबिस्थान प्राथमिक बिद्यालय धुर्कोट गाउपालीका वडा नम्बर ४ जैसिथोक गुल्मीमा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालय निर्माणमा सहयोग गरेको संस्था युनाइटेड ओल्ड स्कुल र आर्थिक सहयोग गरेको दुवई कलेजका २ जना शिक्षक , ८ जना बिद्यार्थिहरु र नेपालको माउन्टेन कोएस्ट प्रालिका प्रतिनिधिहरुलाई आज बिदाई गरिएको हो ।
फागुन ४ गते धुर्कोट आएको उक्त टोलीले बिद्यालयमा बिभिन्न कार्यक्रम गरेको थियो । जसमा कक्षा १,२ र ३ को क्यास टेस्ट , ४ र ५ का बिद्यार्थिहरुलाई गेम खेलाएर यस्तै आर्टहरु सिकाउने , स्टोङ पेन्टीङ, ड्रामा र गेम खेलाएर मनोरन्जन दिएका थिए ।टोलीले बिद्यालयका प्रत्येक बिद्यार्थिहरुलार्ई स्पोर्ट कपडाहरु बितरण गरेको छ ।
कार्यक्रममा वडाध्यक्ष मान बहादुर जोगि कँवरको अध्यक्षता,गाउपालीका उपाध्यक्ष शिव बहादुर खत्रीको प्रमुख आथित्यता,प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थीको बिशिष्ट आथित्यता रहेको थियो ।पशु सेवा केन्द्रका प्रमुख श्याम बहादुर कार्की, स्वास्थ्य शाखा प्रमुख प्रेम खनाल,वास संयोजक छविलाल बिक,कार्यपालीका सदस्य बिमला घिमिरे ,शिक्षा समिति सदस्य चेतमान कँुवर ,वडा नम्बर ४ का वडा सदस्य उजेला नेपाली,लक्ष्मण बिक ,राम प्रकाश पोख्रेल लयागतको सहभागिता रहेको कार्यक्रममा बिदाई मन्तव्य कार्यक्रमका प्रमुख अतिथि तथा गाउपालीका उपाध्यक्ष शिब बहादुर खत्रीले राख्नुभएको थियो ।बिदाई मन्तव्य राख्दै उपाध्यक्ष खत्रीले शिक्षामा गुणस्तर ल्याउन बिद्यालयलाई सुझाव दिनुभएको थियो ।कार्यक्रमको सन्चालन शिक्षक मिन बहादुर पाण्डेले गर्नुभएको थियो । उक्त बिद्यालयमा अहिले ८२ जना बिद्यार्थि र ५ जना शिक्षक रहेका छन ।
२०७६ साल बैशाखबाट सन्चालित बिद्यालय निर्माणको लागि स्थानिय सरकारले पनि सहयोग गरेको छ ।बिदाई हुनुपुर्व उक्त टोलीलाई धुर्कोट गाउपालीकाको कार्यलयमा स्वागत गरिएको थियो ।
स्वागत कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थी, गाउपालीका उपाध्यक्ष शिव बहादुर खत्री, वडाध्यक्ष मान बहादुर जोगि कुँवर ,गाउपालीकाका सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो । सोहि अबसरमा उक्त टोलीलाई गुल्मीको कफी उपहार स्वरुप दिइएको छ ।गुल्मीको कफिको बारेमा गाउपालीका उपाध्यक्ष शिव बहादुर खत्रीले जानकारी गराउनुभएको थियो ।