गुल्मी
फागुन ११ – गुल्मीमा बिधुतका कर्मचारी सवार जीप दुर्घटना हँुदा ७ जना घाइते भएका छन् ।
तम्घास देखि सत्यवती गाउँपालिकाको खैरेनीमा बिधुतको टा«न्सर्फमर जडानका लागि जाँदै गरेको लू १ च ६७०१ नं को जीप गुल्मी दरवार गाउँपालिका वडा नं २ को अर्थुङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । दुर्घटनामा नेपाल बिधुत प्राधिकरण गुल्मी बितरण केन्द्रमा कार्यरत कर्मचारीहरु धुर्कोट गाउँपालिका पिपलधाराका अन्दाजी ३१ बर्षिय पदम थापा , प्युठान घर भएका अन्दाजी २९ बर्षिय गोबिन्द रिजाल , रेसुंगा नगरपालिका १३ का २४ बर्षिय चालक लोकबहादुर खत्री , स्याङजा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं १ का अन्दाजी १८ बर्षिय दिलिप रेश्मी ,
उदयपुर जिल्लाका अन्दाजी ३१ बर्षिय दोजराज राई ,रेसुंगा नगरपवालिका १० सिमीचौरका अन्दाजी ४४ बर्षिय भबिश्वर कुँवर र स्याङजा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं १ का सेरबहादुर सोमै घाइते भएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । घाइतेहरुमध्ये पदम थापाको टाउकोमा चोट लागेकाले उनको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । गाडी अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्ररम्भिक अनुमान गरिएको र घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको घलेले जानकारी दिए । जीप सडकदेखी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।