गुल्मी,
फागुन १७- बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ढुंगा खस्दा गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय बावुकाजी श्रेष्ठको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो।रेसुंगा नगरपालिका ८ का नेपाली कांग्रेसका वडासभापति श्रेष्ठ बिहीबार बुटवलदेखि गुल्मी आउँदै गर्दा लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठ सिद्धबाबामा खसेको ढुंगाले लागेर घाइते भएका थिए ।उपचारका लागि उनलाई भरतपुर लगिएको थियो । ढुंगाले लागेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ ।