अनिल खत्री
२९ फागुन, गुल्मी – बिश्व व्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर गुल्मीमा सचेतना स्वरुप हस्ताक्षर गरिएको छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले लोक दोहोरी दिवसको अबसर पारेर नोबेल कोरोना भाईरसबाट सचेत रहन हस्ताक्षर अभियान गरेको हो । प्रतिष्ठान गुल्मीले जिल्लाको सदरमुकाम तम्घासको लाकुरी मञ्चमा नोबेल कोरोना भाईरसबाट कसरी जोगिने के के गर्ने जस्ता सचेतना सन्देशहरु सहित हस्ताक्षर कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । आम नागरिकलाई यसबारे सचेत रहन र सचेत छु भन्ने प्रतिबद्ध बनाउनको लागि सचेतना स्वरुप हस्ताक्षर र सचेतना कार्यक्रम गरिएको पन्थको भनाई छ । सचेतना कार्यक्रममा जिल्लाका आम सर्बसाधारणहरुले कोरोना भाईरसबाट कसरी जोगिने भन्ने बारे सचेत छु भनेर हस्ताक्षर गरेका थिए । बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिम बढने भएकाले यसबाट जोगिन सबैलाई सचेत बनाउने कार्यक्रम राखिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले जनाएको छ । जिल्लाका बिद्यालयहरुमा पनि कोरोना भाइरस र यसबाट जोगिने बारे जानकारी मुलक कार्यक्रमहरु गरिदै आएको छ ।