राधा पोख्रेल
गुल्मी, चैत २१ – गुल्मीको मालिका गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण गर्न सुरु गरेको छ ।
बिहिबार पहिलो चरणमा वडा न. ६ अर्जेइमा राहत वितरण गरिएको छ । वडा न. ६ भित्रका ७२ घरधुरीलाई ३० केजि चामल, १ केजि नुन, ३ केजि दाल, १ लिटर तेल, र प्रत्येक परिवारका सदस्यहरुलाई मास्क वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष रित बहादुर थापा, उपाध्यक्ष देवा अर्याल, प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारी, विपत व्यवस्थापन समितिका सदस्यहरु लगायतको उपस्थितिमा राहत वितरण गरिएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिनुभयो ।