घनश्याम पौडेल
अर्घाखाँची,बैशाख १७- अर्घाखाँचीमा एक जना व्यक्तिमा एकपटक पोजेटिभ र एकपटक नेगेटिभ देखिएपछि थप परिक्षणका लागी बुटबल पठाईएको छ ।
जिल्लाको भूमिकास्थान नगरपालिकामा कोरोनाको र्यापिड डायग्नोस्टिक टेस्ट गर्दा एक जनामा कोरोना संक्रमण देखिएको थियो । सन्धिखर्कमा पुनः चेक गर्दा नेगेटिभ देखिएको थियो । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले एकपटक पोजेटिभ र एकपटक नेगेटिभ देखिएपछि थप परिक्षणका लागी बुटबल पठाईएको जानकारी दिनुभयो ।नगरपालिकाका क्वारेनटाइनमा रहेकाहरुलाई अहिले कोरोनाको र्यापिड डायग्नोस्टिक टेस्ट भैरहेको छ । सोही क्रममा मंगलबार गरिएको टेष्टमा कोरोनाको संक्रमण देखिएको हो ।