गुल्मी
जेष्ठ ३ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जिल्ला कमिटि गुल्मीले २७ औं मदनआश्रित स्मृति दिवस तथा दोस्रो पार्टी एकता दिवस मनाएकोे छ ।
प्रदेश कमिटिका सदस्य एवं जिल्ला कमिटि सचिव कमरेड बीरबहादुर कार्की, प्रदेश कमिटिका सदस्य गणेश विश्वकर्मा, जिल्ला कार्यालय सदस्य बालसिंह काउछा, हिरा एसी, मेयर डिल्लीराज भुसाल, अनेरास्ववियू जिल्ला अध्यक्ष राजेन्द्र विक्रम कुँवर लगायतको सहभागीतामा आज मदन आश्रित को स्मरण गरिएको छ । सहभागीहरुले मदनआश्रितले देखेको सपनालाई पुरा गर्न पार्टी एकतालाई अझ मजबूत बनाउँदै सुखी नेपाली समृद्ध नेपाल सपना पुरा गर्ने तर्फ लाग्नु पर्ने बताएका थिए । एक मिनेट मौन धारण गरी शुरु भएको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जिल्ला कमिटि गुल्मीका कार्यालय सदस्य कृष्ण विश्वकर्माले सञ्चालन गर्नु भएको थियो । कोरोना भाइरस संक्रमणको कारण देश लकडाउनमा रहेकाले कुनै औपचारीक कार्यक्रम भने गरिएको छैन । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि गुल्मीले सामाजीक दुरी कायम गरि उहाहरुको स्मरण गरेको हो ।