गुल्मी , जेठ ९ – गुल्मीमा लकडाउन उल्लंघन गर्ने एक सय १० वटा सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरसका कारण चैत ११ गतेदेखि लागू गरिएको लकडाउन उल्लंघन गर्ने एक सय १० वटा सवारीसाधन नियन्त्रणमा लिएको र ८६ सवारीसाधनलाई कारबाही गरिएको रअन्यलाई सम्झाई बुझाई गरि छोडिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका कार्यालय प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । लकडाउन उल्लंघन गर्नेमा सबै भन्द धेरै मोटरसाइकल रहेका छन । ६७ वटा मोटरसाइकल कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले उल्लेख गरेको छ । त्यस्तै जिप तथा कार १२ वटा , ट्रक दुई तथा पाँच वटा टाक्टर रहेका छन । जस बाट ५४ हजार पाँच सय राजस्व जुटेको ट्राफिक प्रमुख श्रेष्ठले बताए । त्यस्तै लकडाउनको अबधिभर गुल्मीमा दुई वटा सवारी साधन दुर्घटनामा परेका छन भने एक जनाको ज्यान समेत गएको छ ।