जेठ २३
कोभिड १९ को सँक्रमणबाट बच्ने सबै भन्दा ठुलो अश्त्र लकडाउन हो । सरकारले लकडाउन गरेको ढाइ महिना हुँदैछ यो लकडाउनको वाध्यता भित्र धेरै क्षेत्र अन्यौल ग्रस्त बनेको छ । बुटवलको कालिका माध्यमिक विध्यालयकि छात्र सम्पदा ज्ञवाली आफ्नो पहाड घर आएको करिब दुईमहिना पुगि सक्यो । कक्षा पाँचको जाँच दिएर गाउँ रुरु १ च्यूरेक आएकी सम्पदाको रिजल्ट पनि आईसक्यो । पाँच कक्षा उत्तिर्ण गरेर कक्षा छ मा पुगेकी सम्पदालाइ कक्षा छ का पाठ्यपुस्तक कस्ता होलान के के विषय वस्तु समावेश होलान भन्ने जिज्ञशा छ तर पाठ्यपुस्तकको पहुँचवाट सम्पदा मात्र होईन देशै भरिका विध्यार्थी टाढा छन । कोभिड १९ को असर सबै भन्दा बढि शिक्षा क्षेत्रमा परेको छ । झन पछि झन कोरोना को कहर उर्लँदो छ । एकातिर कोरोनाको त्रास अर्कातिर पढाइको चिन्ता वालवालिका मा उस्तै चिन्ता छ भने अभिभावकमा छोराछोरीको भविष्य प्रतिको चिन्ता ।
बुटवलवाट परिवार सहित आफ्नो पुर्ख्यौलि गाउ रुरु १ च्यरेक फर्कका बसन्त ज्ञवालीले भन्नु भयो मलाइ सबै भन्दा चिन्ता छोराछोरीको पढाइको लागेको छ बुटवलमा पाठ्यपुस्तक आएका छन रे तर कसरि जानु लकडाउनका कारण जान सकिने अवस्था रहेन ज्ञवालीले भन्नुभयो । गाउँ घरमा पनि वालवालिकाहरुले हाम्रो स्कुल कहिले खुल्छ कहिले किताब आऊँछन भनेर अभिभावकलाइ सोधि रहन्छन तर त्यसको उत्तर अभिभावकहरुसँग छैन । नेपाल अभिभावक महासँघ गुल्मीले सामाजिक दुरि कायम गर्दै समुदायटोलहरुमा शैक्षिक गतिविधि चलाउन र यसमा सहयोग गर्न आम अभिभावकहरुलाइ आग्रह गरेको छ । देशको विषम परिस्थतिमा विध्यालय खोल्ने बाताबरण त छैन तर विध्यार्थीको मनोबल उकास्न विध्यलय र अभिभावक मिलेर घरघरमा पाठ्यपु्स्तक वितरण र घुम्ति क्लासहरु सन्चलन साथै स्थानिय रेडियोबाट कक्षाहरु सन्चालन गर्नु पर्ने नेपाल अभिभावक महासँघ गुल्मीका अध्यछ कृष्ण राज ज्ञवालीले सुझाव दिनु भएको छ ।
शैक्षिक क्षेत्रलाइ चलाएमान बनाउनु पर्ने राय शैक्षिक क्षेत्रका अग्रजहरुको पनि छ । मुख्यतया निष्कृय रहेका शिक्षक समुदायलाइ परिचालित गर्दै घरघरमा पगेर भर्ना अभियान शैक्षिक परामर्श पाठ्यपुस्तक बितरण तथा घरघर टोलटोलमा घुम्ति कक्षाहरु सन्चालनको आवस्यक तयारी गरिएको र असारको पहिलो हप्ताबाट यो अभियान थालिने रिडी माध्यमिक विध्यालयका प्रध्यानाध्यापक रोहित भण्डारीले बताउन भयो । शैक्षिक क्षेत्र चलाएमान बनाउने प्रमुख भुमिका शिक्षक र अभिभावकको हो । यसका लागि समन्वय गरि अगाडि बढ्न लागेको प्रध्यानाध्यापक भण्डारी को भनाइ छ । कोभिड १९ का कारण भारत बाट फर्किनेहरुको लर्काे छ र धेरै जसो विध्यालयहरुमा क्वारेन्टाइन हुनाले पनि विध्यालयमा पढाइ हुने अवस्था नरहँदै गर्दा पाठ्यपुस्तकको व्यवस्था घर घरमा गरेर शैक्षिक गतिविधि घरघरमै चलाउनुको विकल्प नरहेको रुरुबाट हाम्रा सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।