युगराज बस्याल
जेठ ३०, गुल्मी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छत्रकोट गाउपालीका कमिटिले छत्रकोट गाउपालीका भित्र रहेका १७ क्वारेन्टाइनको अवलोकन तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको लागि स्वास्थ्य सामागी्र बितरण गरेको छ ।
क्वारेन्टाइन भित्र रहेका बिभिन्न व्यक्तिहरुको सुझाव लिने तथा दैनिक आवश्यक पर्ने सामागी्रहरु माक्स, साबुन ,र खाना पुर्याउने र सुरक्षाकर्मिहरुको लागि समेत ग्लोब्स बितरण गरिएको छत्रकोट पार्टी अध्यक्ष राम प्रसाद पाण्डेले रुरु एफ एम लाई जानकारी दिनुभयो । क्वारेन्टाइन अवलोकन तथा सामाग्री हस्तान्तरण कार्यक्रममा पार्टीका छत्रकोट इन्चार्ज बिष्णु प्रसाद पौडेल ,सह इन्चार्ज लोकनाथ पाण्डे ,पार्टी अध्यक्ष राम प्रसाद पाण्डेय ,सचिव पिताम्बर अर्याल,जिल्ला कमिटि सदस्यहरु,पालीका कार्यालय कमिटि ,सचिवालय कमिटि,पालीका कमिटि र वडा कमिटिका अध्यक्ष , सचिव लगायतको सहभागिता रहेको थियो । यसैबिच नेपाल कम्युनिष्ट पार्टी नेकपा छत्रकोट गाउपालीकाको बिशेष पहलमा छत्रकोट १ हुगाको जन जागृति माध्यमिक बिद्यालय र आत्मबोध माध्यमिक बिद्यालय मानकोटमा नेपाल सरकारका पुर्व मुख्य सचिव तथा चिनका लागि नेपालका पुर्व महामहिम राजदुत लिलामणि पौडेलले क्वारेन्टाइनमा रहनुभएका व्यक्तिहरुको लागि चिनमा रहदाको अनुभुति सहित कोरोनाको बारेमा समेत सचेतना मुलक जानकारी गराउनुभएको छत्रकोट पार्टी अध्यक्ष पाण्डेले रुरु एफ एमलाई जानकारी दिनुभयो ।