गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
यो संगै जिल्लामा संक्रमितको संख्या १५४ पुगेको स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले आज भएको नियमित प्रेस व्रिफिङ्गमा बताउनुभयो ।