सुरेश थापा , सत्यवती गुल्मी
असार ६,
हिजोदेखिको अविरल वर्षाका कारण सत्यवती गाउँपालिका गुल्मीका धेरै घरपरिवार विस्थापित भएका छन पहिरो जादा सत्वती गाउँपाकिला वडा नं। ५ हँसराका ५ घर पूर्ण क्षति भएले परिवारलाई अन्य सुरक्षित ठाउँमा सारिएको वडा अध्यक्ष ओम प्रकाश भण्डारीले जानकारी दिनुभयो । त्यस्तै सत्यवती ३ को लुम्पेकमा धेरै घरहरु उच्च जोखिममा रहेकोले धेरै घरपरिवार विस्तापित भएको र अहिले पनि पानि परिरहेकोले उच्च जोखिम भएका घरपरिवारलाई सुरक्षित ठाउँमा सार्न सम्पूर्ण जनप्रतिनिधिहरुलाई अनुरोध गरेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । अबिरल वर्षाका कारण बाढि बढेसंगै लुम्दिखोलाको पक्कि पुलपनि उच्चजोखिममा रहेको र बाटो जताततै अबरुद्ध भएको कारण डोजर लगाईरहेको ले अति आवश्वक काम बाहेक कोहि पनि नहिडन पालिका अध्यक्ष ढकालले सबैमा अनुरोध समेत गर्नुभएको छ ।