राधा पोख्रेल
गुल्मी, असार ६ – गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ३ हाडहाडेमा पहिरोले गाडी पुरेको छ । देउराली यातायातको हाडहाडेबाट धनमुडा जादै गरेको ग १ ज ३९९७ नम्बरको ६ जना सवार जिप पहिरोले पुर्दा दुर्घटना भएका त्यहाँबाट बिष्णु घिमिरेले जानकारी दिनुभएको छ । ६ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको र २ जनाको अवस्था चिन्ताजनक रहेको उहाले बताउनुभयो । प्रहरी घटनास्थल पुगेको छैन । बिस्तृत बिवरण आउन बाकी छ ।