असार ९
गुल्मी
कोरोना भाइरसका कारण विभिन्न ठाउँमा रोजगारीमा रहेका मानिसहरु घर फर्कन क्रम बढ्दो छ । केही रोगको डरले भने केही घर परिवारको आग्रहले घर फर्किरहेका छन् । तर बेरोजगार भइयो भन्दै मन बिगारेर घर फर्किएका नागरिकलाई गुल्मीको मालिका गाउँपालिकाले खुसी दिलाएको छ । पालिकाले दिएको रोजगारले घर खर्च र छोरा छोरीको पढाई गर्न सहज हुने कमला सुनार बताउनुभयो ।
उहाँले दिनभर काम गरेर २ सय ५० कमाइन्थ्यो तर गाउँपालिकामा रोजगार कार्यक्रम आएपछी त दोब्बर कमाइ भएको बताउनुभयो । देशभरी सरकारले लकडाउन लागू गरे संगै पालिकाले विपन्न परिवार लक्षित गरि केही समय अगाडि २ सय ३९ जनालाई गाउँपालिकाले रोजगारी दिएको थियो ।
आर्थिक वर्ष २०७६र७७ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पारिश्रमिकको आधारमा गाउँपालिकाका ८ वटै वडामा गरि २ सय ३९ जना नागरिकलाई रोजगार दिएको मालिका गाउँपालिका प्रमुखले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रममा खटिएका नागरिकले पालिका भित्रका वडामा गोरेटो बाटो, मोटरबाटो निर्माण तथा मर्मत गरिने मालिका गाउँपालिकाका रोजगार संयोजक खेमराज गैरेले बताउनुभयो ।
मालिका १ नेटामा २३ जनाले रोजगार पाएका थिए । रोजगार कार्यक्रम अन्तरर्गत यहि जेठ १३ गते देखि बगालचौर हुँदै तिखेचुली चौर सम्मको गोरेटो बाटो निर्माण गरिएको छ । गोरेटो बाटो करिव ४ सय मिटर खनिएको गोरेटो बाटो निर्माणका संयोजक जित बहादुर बिकले बताउनुभयो । मालिका गाउँपालिकाकै तिखेचुली एक पर्यटकिय स्थान भएकाले पर्यटकलाई आवत जावत गर्नको लागि सहज हुने उद्देश्यका साथ गोरेटो बाटो निर्माण गरिएको संयोजक बिकले बताउनुभयो ।
तिखेचुलीले पर्यटकिय महत्त्व बोकेको तर प्रचार प्रसारको कमिले यसको विकास र प्रवर्द्धन हुन नसकेको समाजसेवी रनमाया पुनेले बताउनुभयो । उहाँले स्थानीय सरकारले पनि आवश्यक चासो नदेखाएकाले आफू दुखी भएको बताउनुभयो । काम गर्ने प्रत्येक व्यक्तिले प्रतिदिन पाँच सय १७ रुपैयाँको दरले पारिश्रमिक पाउने गरेका छन् ।