असार ९
कृष्ण ज्ञवाली
रुरुक्षेत्र गाउँपालिका
गाउँघरमा पाइने च्यूरि जातको वहुउपयोगि बनस्पति आजभोलि मात्र घाँसको रुपमा प्रयोग हुने गरेको छ । कुनै जमाना थियो रूरु गाउँपालिकाको च्यूरेक गाउँतिर च्यूरि पेलेर बनाइएको घिउ धरै उपयोग हुने गर्दथ्यो । मुख्यतया घरघरमा तरकारि पकाउन बत्ति बाल्न तिहारमा रोटा पकाउने लगएतक प्रयोजनमा चिउरिको घ्यू प्रयोग हुने गर्दथ्यो । फागुनमा फुल्ने र त्यसपछि फल लाग्ने चिउरि जेठ असारमा पाक्ने मिठो दुधालु फल हो यसको फल भित्रको वियोँ सँकलन गरि सुकाएर राख्ने गरिन्थ्यो र आवयकता हुँदा कुटेर यसलाइ मसिन्याए पछि बफाएर काठको परम्पराबादि कोलमा पेल्ने गरिएको सम्झना रुरु १ च्यूरेककि यमकला ज्ञवालीलाइ छ ।
रुरु १ च्यूरेकका माथिका नानिका घरमा एक मात्र च्यूरि पेल्ने काठको परम्परागत कोल थियो र यहि कोलमा चीउरि पेल्न थानपति ग्वादि ओखलढुँगा र रुरुका विभिन्न भेकका मान्छे हरु आउने गरेको रुरु १ च्यूरेकका गोपाल ज्ञवालीले बताउनु भयो । सिजनमा चिउरि पेल्न पालो लाग्थ्यो चिउरि पेल्न अघिल्लो दिननै पालो लेखाउनु पर्थ्यो मानिस हरुले मुरिका मुरि चिउरि पेलेर पेलेर पाथिका पाथि चिउरिको घिउ लिएर जान्थे चिउरिका कोलका धनि मित्र ज्ञवालीले पुरानो सम्झना गर्नु भयो ।
गाउँमै सामान्य तोरि हुने यहि तोरिको तेल ले एक दुइमहिना चल्ने कसैले भैँसिको घिउको चोखेन गर्थे भने चिउरीको घिउ बैकल्पिक चोखेन को रुपमा गाउँघरमा प्रयोग हुने गर्दथ्यो । चिउरको घ्यू चोखो मानिने भएकाले भगवानलाइ बाल्ने बत्ति भिजाउन लाख बत्ति भिजाउन घार्मिक अनुष्ठानमा समेत उपयोग गरिन्थ्यो । बारिका चिउरिका बोटहरुबाट काँचा चिउरिका दाना टिपेर पकाउने र ति पाकेका चिउरि निचारेर वियाँ सँकलन गरिने र सिजनमा पेलेर चीउरिको घिउ निकालिन्थ्यो तर करिव दुइ दशक देखि चिउरिको उपयोग सुन्य छ ।
च्युरिका बोटहरु थोर्गा गाउँमा सबैका खेतबारिमा छन तर आजभोलि घाँसको रुपमा यो बनस्पति प्रयोग भइरहेको छ फले पनि फल तिर कसैको ध्यान नजाँदा चिउरिबाट बन्ने बनस्पति घिउ मात्र इतिहासका पन्नामा सिमित भएको रुरुबाट सहकर्मी कृष्ण गेवालीले समाचार पठाउनु भएको छ ।