असार १०
रुरुक्षेत्र गाउपालिका
रुरुक्षेत्र गाउपालिकाले आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेको छ। गाउपालिका उपाध्यक्ष लक्ष्मीदेबि पन्थले ४६ करोड ८२ लाख ८३ हजारको बजेट गाउसभामा प्रस्तुत गर्नुभएको हो ।
बजेटमा कोभिड १९ को रोकथाम,नियन्त्रण र उपचारको क्षेत्रले प्राथमिकता पाएको छ । रोजगारी सिर्जना ,कृषि उत्पादनमा वृद्धि,उत्पादनशिल रोजगारी पर्यटन,संस्थागत बिकास, क्षमता अभिवृद्धि लगायतका क्षेत्रले पनि बजेटमा प्राथमिकता पाएका छन ।
कोभिड १९ नियन्त्रण ,उपचार ,रोकथाम ,राहत वितरणको लागि २ करोड, कृषि र पशुपालनलाई गह्रा सुधार लगायतका क्षेत्रमा १ करोड २२ लाख
एक घर एक धारा योजना बोकेको यस पालिकाले खानेपानी तथा सरसफाइमा ३० लाख, सडक तथा ढल निकास, मर्मत सम्भार र अन्य पुर्वाधार निर्माणको लागि १ करोड २० लाख, सिचाइको ब्यवस्थापनको लागि ३० लाख लगायतका महत्वपुर्ण क्षेत्रले रुरुक्षेत्रको बजेटमा प्राथमिकता पाएका छन ।
पालिकाले प्रस्तुत गरेको कुल बजेटको लागि नगत मौज्दात ८० लाख र आन्तरिक आम्दानी ८५ लाख, नेपाल सरकारबाट समानिकरण अनुदान ८ करोड ४४ लाख, राजस्व वाडफाड बाट ६ करोड १ लाख ११ हजार र सशर्त अनुदान २३ करोड ५३ लाख प्राप्त हुनेछ।
प्रदेश सरकारबाट समानिकरण अनुदान ५० लाख २२ हजार,राजस्व बाडफाड बाट ४ लाख १० हजार र सशर्त अनुदान १ करोड ८३ लाख ५० हजार प्राप्त हुने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले बताउनु भयो ।