असार १९
गुल्मी
गुल्मीको इस्मा गाउँपालिका ४ दोहली ढाँडको कालिका निम्न माध्यमिक विद्यालय पहिरोले भत्काएको छ । विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो । माथिबाट पहिरो आएपछि क्वारेन्टाइनमा बसेका पाँच जना घर–घर गएका छन् । उनीहरु सवै आरडिटी पोजेटिभ भएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले धरातल अनलाईनलाई जानकारी दिए । नौ कोठे भवनमा पहिरोले क्षति पुर्याएको छ ।
पिसिआर परिक्षण नगरिएले होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको वडाध्यक्ष अधिकारीले बताए । त्यस्तै असार ६ गते पहिरोका कारण विस्थापित भएका रातापानीका विस्थापित तीन घर परिवार बसेको जनशक्ति प्रावि पहिरोको उच्च जोखिममा परेको छ । अहिले ती घर परिवार कहाँ राख्ने भन्नेमा समस्या भएको वडा सदस्य मिना घर्तिले धरातल अनलाईनलाई बताइन् । दोहलीकै छोटडाँडामा पहिरोले बसन्ती घर्तिको घर गोठ बगाएको छ । मानवीय नभए पनि घरगोठ भत्किएपछि पशुचौपाय पुरिएका छन् । मिना घर्तिसहित छोटडाँडा र न्वालाका गरेर ५ घर परिवार विस्थापित भएका छन् । रातापानीका धन बहादुर घर्तिको गोठसहित बाख्रा बगाएको छ ।