कृष्ण अन्जान
परिश्रमका पाखुरा वजार्न सके बारीको सानो सुर्कोमा पनि सुन फलाउन सकिन्छ भन्ने उदहरण बन्न सफल हुनु भएको छ रुरु क्षेत्र गाउंपालिका वडा न ३ थोर्गा बिहार पोखराका किसान माधव प्रसाद श्रेष्ठ । स्याल पोखरी पानीटंकी सडक खण्डको विहार पोखरा नजिकै बाटोमुनि रहेको श्रेष्ठको घरमा पुग्दा वहांको परिश्रमको वैभवता देख्न सकिन्छ । बाबुबाजेको जेथाबाट वहांको अंशमा परेको मात्र सात रोपनि जग्गा तर तेहि सात रोपनि जग्गामा यतिवेला सुन फलाउंदै हुनुहुन्छ माधव प्रसाद श्रेष्ठ । भारतिय भुमिमा करिव तिस वर्ष विताएर नेपाल फर्केपछि बारीमा कफि खेति वाट व्यवसायिक कृषिमा लागेका माधवले पछि कफि खेति छाडेर कागति खेति शुरु गर्नु भयो । कागति संगै वारिमा दर्जनौ प्रजातिका घांसका नसंरी संगै कागति सुन्तला का विरुवा पनि उत्पादनको काम पनि वहांले शुरु गर्नु भएको हो ।
यतिवेला वहांका वारि भरि कागतिका हुर्केका रुखहरु प्रसस्त देख्न पाइन्छ । रिडी वलेटक्सार जस्ता स्थानिय वजार तथा पैचो पसलमा कागति विक्री गरेर वर्षेनी राम्रै आम्दानि गर्दै आउनु भएका माधवले कागतिका विरुवा ,विभीन्न जातका घांसका विरुवा गाउंघरमा विक्रीवितरण गरेर पनि मनग्ये आम्दानि गर्दै आउनु भएको छ । माधव श्रेष्ठ तिनै किसान हुनुहुन्छ जस्ले पहिलो पटक गुल्मीमा जर्सिजातका गाइ भित्र्याएर पशुपालन शुरु गर्नु भयो । २०६३ सालमा जसि गाइ पालन गर्दा कुन घांस गाइ वस्तुलाइ खुवाउंदा वढि दुघ दिन्छ भनेर अनुसन्धान गरे संगै वहाले घांसको नसंरी समेत शुरु गरेको अनुभव वताउनु हुन्छ ।
यतिवेला वहां संग जर्सिगाइ त छैनन तर खोर भरि बोएर जातका विकासे वाख्राहरु भने छन । सवै भन्दा गज्जवको कुरा त वहांको बारी भित्र पुग्दा महंगो फल किवी लटरम्म फलेको छ । भार्से वाट एउटा फल ल्याएर त्यसैको विउ लगाएको सात वर्ष पछि पोहोर सालवाट वहांको वारीमा किवी फल्न शुरु गरेको छ र पहिलो वषर््ा नै किवी विकी वाट २५ हजार आम्दानि गर्नु भएका वहांले यो वर्ष दोव्वर आम्दानी हुने वताउनु भयो ।स्वास्थका लागि वहु उपयोगि यो फलको वजार मुल्य ५ सय देखि सात सय प्रतिकिलो रहेको छ । श्रेष्टले यो वर्ष देखि किवीफलका विरुवा पनि उत्पादन शुरु गर्नु भएको छ र वजारमा एउटा किवीको विरुवा एकहजार सम्ममा विक्री हुने वहांको भनाइ छ ।
सामान्य लेंखपढ मात्रै गर्न जानेका माधव श्रेष्ठ को दिन कुन जातका विरुवा ,घांस लगाउंदा उत्पादन वढिहुन्छ भनेरै अनुसन्धानमै बारीमा वित्छ । वहांलाइ पनि अरु किसान हरुलाइ जस्तो उत्पादनले वजार नपाएकोमा गुनासो छ माधव भन्नु हुन्छ किसानको उत्पादन उचित मुल्यमा सरकारले किन्नु हुन्छ । गुमनाम तर सफल कृषक माधव प्रसाद श्रेष्ठलाइ पहिलो पटक सन्चार माध्यमका प्रतिनिधी घरमै आएर आफ्नो बारेमा सोधखोज गरेकोमा खुशि मात्र होइन उत्साहित वनाएको रुरु बाट हाम्रा विषेश संवाददाता कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।