काठमाडौ
असार २६ – अहिले देशभर पानी परेको छ ।
मनसुन थप सक्रिय भएसँगै सरकारले उच्च सावधानी हाई अलर्टमा रहेको जनाएको छ । सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।