बुटवल
असार २७ – रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ शंकरपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा सिद्वार्थ नगरपालिका–१ बेलहियाका २३ वर्षीय संयोग शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । बुटवलबाट भैरहवा को लागि छुटेको ना ५ ख ७८०६ नं।को ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको लु २४ प ३२५४ नम्बरको मोटरसाइकलले शंकरपुरचोकमा ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खत्रीले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक बेलहियाकै २० वर्षीय मुकुल लामाको अवस्था गम्भीर छ । उनको उपचार भइरहेको छ ।