दाङमा भारतबाट सलहको ठूलो समूह भित्रिएको छ। भारतसँग जोडिएको कोइलाबास हुँदै सलहको ठूलो समूह नेपालतर्फ छिरेको हो। आइतवार छिरेको सलहको उक्त समूहले राप्ती गाउँपालिका र गढवा गाउँपालिका२ का कृषकले लगाएको बालीमा क्षति पुर्याएको छ। ’कोइलाबास नाकाबाट पसेको सलहको झुण्डले दुईवटा गाउँपालिकामा क्षति गरेको खबर आएको छ। कृषकहरूले ठूलो आवाजमा टिन बजाएर र अन्य उपाय लगाएर भगाएका छन्। यी दुई गाउँपालिकाबाट भगाएपछि सलहको समूह पहाडी भेगतिर लागेको छ। दाङका पहाडी क्षेत्रतर्फ लागेको सलहको समूह प्युठानसम्म पुगेको अनुमान गरिएको छ।
स्थानीय कृषकहरूका अनुसार त्यहाँबाट लखेट्न सकिएकाले ठूलो क्षति गर्न पाएन। कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत भरतमणि पोखरेलले सलहको यो समूह भारतबाट आजै छिरेको बताए। ’भारतबाट छिरेको सलहको नयाँ समूह हो’, उनले भने, ’यसअघि आएको भन्दा धेरै ठूलो समूह रहेको कृषकहरूले बताएका छन्। कृषकहरूले करोडको समूहमा आएको हुन सक्ने जानकारी दिएका छन्।’ सलहको नयाँ समूह पसेको जानकारी पाएपछि कृषि प्राविधिकहरुको टोली फिल्डमै रहेको उनले बताए