असार २९
गुल्मीको मालिका गाउँपालिका छापहिलेका कृषकहरु बदेलले मकै सखाप पार्न थालेपछि चिन्तित भएका छन् । मालिका गाउँपालिका–५ छापहिले रगको छहरा चौढुङ्गा र गौरामुखी भन्ने स्थानमा बदेलले मकै सखाप पार्न थालेपछि कृषकहरु मारमा परेका हुन् । स्थानीय कृषकका अनुसार उक्त जंगली जनावर रातिमासमुहमा आउनाले एक रातमा पनि धेरै मकै सखाप पर्ने गरेको छ ।
यसको नियन्त्रणमा सम्बन्धीत नियकाले ध्यान नदिएकोले आफुहरुले मात्र प्रयासले यसको नियन्त्रण गर्न नसकिएको कृषकहरुले बताएका छन् । रातिमा नसुति बदेल धपाउने प्रयास गरे पनि विभिन्न स्थानमा पुगी मकै खाने गरेको स्थानीय बिशाल अधिकारीको भनाई छ । बदेलले करिब १० मुरि मकै हुने बारी सबै नष्ट गरेको छ । यसप्रति स्थानीय निकायको ध्यान पुग्न आवश्यक रहेको कृषकहरुको भनाई छ ।