मुलुकमा थप १ सय जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ८ हजार ९४ पुगेको छ । मन्त्रालयका अनुसार ५ हजार ३ सय ७० सक्रिय संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ जना, ताप्लेजुङका ३ जनामा संक्रमण देखिएको छ ।
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका ४ जना, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका १८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, जनकपुर प्रयोगशालामा धनुषाका ५ जना र भरतपुर अस्पताल भरतपुरमा चितवनका १ जनामा संक्रमण देखिएको छ । यस्तै, नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका ३, पर्साका ६ जनामा संक्रमण पुष्टि भएको छ । यता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २, सर्लाहीका २ र शुक्रराज अस्पताल टेकुमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा सर्लाहीका १ जना, प्रादेशिक क्षयारोग केन्द्र पोखरामै लमजुङका ७ जना, स्याङजा र बागलु्ङका ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, भेरी अस्पतालमा बाँकेका ३, बर्दियाका २, सल्यानका २ जना, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका १६ जनामा संक्रमण देखिएको छ । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालिकोटका ६ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङका १, डोटीका ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, हालसम्म २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा छन् भने आइसोलसनमा ५ हजार ३ सय ६८ जना छन् ।