नेपाल महिला संघ गुल्मी आन्दोलित भएको छ । आफ्नै श्रीमतीको हत्यामा दोषी ठहरिएका रञ्जन कोइरालाको सर्वस्वसहितको जन्मकैद सजाय प्रधान न्यायधिस शमशेर र न्यायधिस तेज बहादुर केसीको इजलासले घटाएपछि कोइराला सजाय भुक्तान गरी बिहिबार छुटेकाको विषयलाई लिएर नेपाल महिला संघ गुल्मी आन्दोलित भएको हो । सशस्त्र प्रहरीका पूर्व डीआइजी कोइरालालाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भइ काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको इजलासले जिल्ला र पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसला असार १५ गते घटाएर ८ बर्ष ६ महिनामा झारेको थियो । त्यस घटनालाई लिएर नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल महिला संघ गुल्मीले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र हस्तान्तरण गर्दै महिला संघ गुल्मीकी सभापति लक्ष्मी पाण्डेले भनिन्, ‘जब अदालत नै स्वयम् पक्षपाती बन्न थाल्दछ ।
कुनै दल र व्यक्ति विशेषको पक्षपोषक बन्दछ तब एउटा लोकतान्त्रिक राज्य असफलता तर्फ उन्मुख हन्छ । सभापति पाण्डेले प्रधानन्यायधिश नै यस्ता कु–कृत्यमा लाग्नु तथा राज्यले उनैको पक्षपोषण गर्नुले सरकार र राज्य पुर्ण रुपमा असफल भैसकेको उल्लेख गरिन् । उनले खारेज भैसकेको कानुनको प्रयोग गर्दै र हालकै कानुनकै पनि अपव्याख्या गरी मनोमानी ढङ्गले आएको फैसलाले प्रधानन्याधिसको कार्यक्षमता कमजोर र नियत पनि गलत देखिएको बताइन्। यस्ता फैसलाले विगतका निर्मला हत्या काण्ड लगायत अन्य महिला हिंशाका मुद्दाहरु ओझेल पर्ने र गलत फैसला आउनेतर्फ आशंका बढाएकोले त्यसतर्फ सचेत गराउँदै पीडित स्व गीता कोइरालाको न्यायको लागि जोडदार माग गरिन् ।