गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङ्गमा दुम्सीको आंतक बढेको छ । किसानले लगाएको मकै बालीमा रातको समयमा पसेर मकै खतीमा धेरै नै क्षति गरेको चन्द्रकोट वडा नम्बर १ दिब्रुङ्ग सराङ्गका कृषक रामप्रसाद सापकोटाले बताउनुभयो । बर्षभरि खाने मकैमा दुम्सि मृग घोर लगायतले क्षति गर्न थाले पछि कृषकहरु चिन्तित बनेका हुन । रातको समयमा दुम्सीले खाना थाले पछि स्थानियहरु पालै पालो कुरेर बस्न थालेका छन । तर पनि बिहानको समयमा आएर खेतिबालीमा नोक्सान पु¥याएको कृषकहरुले बताएका छन । बर्षभरी खाने खेतीमा यसरी दुम्सीले क्षति गरे पछि कृषकहरुले के खाने हो भनेर चिन्तित बनेका छन । उनिहरुले गाउँपालिका वा वडाले आफुहरुलाई केही भए पनि क्षतिपुर्ति दिनको लागी आग्रह गरेका छन ।