महेश बोहरा
श्रावरण १३ गुल्मी
चन्द्रकोट गाउँपालिका वडा न ८ तुथुङ बेस्तला बास्कोटमा गएराती देखि परिरहेको अबिरल बर्षा को कारण पहिरो जादा ६ घर परिवार बिस्थापित भएका छन । केही गोठमामा क्षती पनि पुगेको र घर र गोठ नै जोखिममा रहेको स्थानिय रुपेश नेपालीले जानकारी दिनुभयो । अबिरल बर्षा नरोकिए पछि र जोखिम बढे पछि ४ परिबारलाई तत्कालको लागि जनता बाल निकेतन माबि पिपलपाटामा बस्ने ब्यबस्थापन मिलाउने काम भैरहेकोे जानकारी आएको छ । पहिरोले कुनै मानिय र पशुचौपायको क्षति नभए पनि धेरै मात्रमा भौतिक क्षति भएको छ । हिजो राती देखिको बर्षाले जिल्लाको बिभिन्न ठाउँहरुमा पहिरो गएको छ भने सड्क सञ्जालहरु प्नि टुटेका छन । पानी पर्ने क्रम अझै केहि दिन रहने भएकोले सबै जना सर्तक रहन गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले आग्रह गर्नुभएको छ । साथै उद्धार र ब्यवस्थापनमा लागी रहेको जानकारी दिनुभयो ।