श्रावण १३
कृष्ण अन्जान
पर्यावरणिय सँरक्षणमा जुटि रहेको दुईपिपल महिला समुह रुरु ३ को पहलमा थानपतिका बिभिन्न सार्वजनिक जग्गा तथा बन क्षेत्रमा वृक्षारोपण गरिएको छ । इलाका वन कार्यालय रिडीको सँयोजनमा प्राप्त करिव २ हजार खयरका रुखहरु लागाइएको दुइपिपल महिला समुहका अध्यक्ष तुल्सा गौतमले जानकारि दिनुभयो । मुख्यतया खाली जग्गा तथा सामुदायिक जग्गाहरुमा रुख रोपेर पर्यावरण सँरक्षण सँगै त्यस्ता क्षेत्रहरुलाइ हरियाली क्षेत्रको रुपमा विकास गर्ने स्थानिय तहको योजनालाइ मुर्त रुपदिन वृक्षारोपण गरेकोमा आमा समुहलाई वृक्षारोपण कार्यक्रममा सहभागिता समेत जनाउनुभएकि रुरु ३ कि वडा सदस्य कविता गौतमले धन्यवाद ज्ञापन गर्नुभयो । यसरि गरिएको वृक्षारोपणले खालि जमिन पनि हरियलिमा परिणत हुने वताउनु हुँदै रुरु ३ का वडासचिव बालकृष्ण गौतमले वृक्षारोपण गरिएका विरुवा को सँरक्षण र तारबार तथा गोडमेलमा वडा कार्यालय वाट आवस्यक सहयोग हुने बताउनु भयो । विगतका वर्षहरुमा पनि यसरि नै यसक्षेत्रका सार्वजनिक जग्गाहरुमा कतै टिमुर तथा सित्तल चिनी लगाएतका रुखहरु लगाएर सँरक्षण समेत गरिएको वडा सचिव बालकृष्ण गौतमलाइ उदृत गर्दै रुरु बाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।