करदाता सेवा कार्यालय गुल्मीका कार्यालय प्रमुखलाई स्वागत

गुल्मी
साउन १८- गुल्मी चेम्बर अफ कमर्सले करदाता सेवा कार्यालय, गुल्मीका कार्यालय प्रमुखलाई स्वागत गरेको छ ।

शनिबार चेम्बरकै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कार्यालय प्रमुख विनोद माझीलाई टीका तथा खादाले स्वागत गरेको हो । कार्यक्रममा बोल्दै संस्थाका संरक्षक दुर्गाप्रसाद पाण्डेले आफुहरूले कार्यालय स्थापनाको लागि धेरै पहिलेदेखि नै पहल गरेकोमा अहिले कार्यालय स्थापना हुँदा खुसि लागेको बताए । कार्यालय स्थापना भएसँगै व्यवसायीहरूलाई कर तिर्नको लागि पाल्पा वा बुटबल जानुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।करदाता सेवा कार्यालयका प्रमुख माझीले आफुले सरल रूपमा सेवा प्रदान गर्ने प्रतिवद्वता जनाए । त्यसका साथै उनले सरकारले जारी गरेको आर्थिक ऐन र व्यवसायीले तिर्नुपर्ने करको बारेमा पनि प्रष्ट पारेका थिए । चेम्बर अफ कमर्सका महासचिव कृष्ण भण्डारीले कार्यालयबाट प्रदान गरिने सेवा चुस्त दुरूस्त हुनेमा आफु विश्वस्त रहेको बताए । नेपाल सरकारको २०७६ साल पौष २१ गतेको निर्णयअनुसार गुल्मीमा करदाता सेवा कार्यालयको स्थापना भएको हो । नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगपालिका १ क्याम्पसरोडमा कार्यालय स्थापना गरेको छ । जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि पाल्पा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धी शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु शुभारम्भ गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनले तिर्नं नपाएको कर पनि अब सहज रुपमा तम्घासबाटै तिर्न पाउने चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष विरेन्द्र भुसालले बताए।

You might also like

Leave A Reply

Your email address will not be published.