अनिल खत्री
२१ साउन, गुल्मी – गुल्मीमा कोरोना बीमा गरेका एक जनालाई दाबी भुक्तानी गरिएको छ ।
शिखर इन्स्योरेन्स कम्पनीमा कोरोना बीमाa गर्ने संक्रमितले दाबी गरेका छन् । जिल्ला सदरमुकाम तम्घासको शिखर इन्स्युरेन्स कम्पनी गुल्मी शाखामा गुल्मीदरबार गाउँपालिकाका एक जना कर्मचारीलाई दाबी भुक्तानी गरिएको हो । कोरोना बिमा गरेका ति कर्मचारीले एक लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । कोरोना बिमा दाबी भूक्तानी रकम शिखर इन्स्युरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाका प्रमुख रिखबहादुर खत्रीले गाउँपालिका अध्यक्ष अशोक थापालाई हस्तातरण गरेका थिए । पीसीआर परीक्षणका क्रममा उनको संक्रमण पोजेटिभ देखिएसँगै मागदाबी परेको थियो । गुल्मीदरवार गाउँपालिकाले ०७७ साल जेठ २२ गते प्रति व्यक्ति रू.एक लाख बरावरको संस्थागत सामुहिक कोरोना रोग बीमा शिखर इन्स्योरेन्स कम्पनी लि.,गुल्मी शाखाबाट गरिएको थियो । कार्यक्रममा बोल्दै शाखा प्रमुख रिख वहादुर खत्रीले बीमा भनेको आर्थिक सुरक्षाको महत्वपूर्ण अंग भएकोले सम्पूर्ण नागरिक बीमाको दायरा भित्र आउनुपर्ने देखिएको बताए । चेक हस्तान्तरण गुल्मीदरवार गाउँपालिका अध्यक्ष अशोक कुमार थापा,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे लगाएतको उपस्थितीका हस्तातरण गरिएको थियो । गाउँपालिकामा कार्यरत कर्मचारी केहि दिन पहिला कोरोना संक्रमण भएर निको भइसकेको छ ।