दिपेन्द्र परियार
बरेङ २६ श्रावण
बाग्लुङको जैमिनी नगरपालिकाका दृष्टि विहिन १ जना बिद्यार्थी आर्थीक अभाबमा शिक्षा लिन बाट वञ्चीत भएका छन ।
कोरोना भाईरसका माझ देशैभरि दुर शिक्षा अन्तगर्त अनलाईन कक्षा सञ्चालन भैरहदा जैमिनी नगर पालिका ८ छिस्ती फुर्केसल्लाका दृष्टीबिहिन छात्र महेस शर्र्माले पढ्ने डाटा किन्नका लागी पैशा समेत नभएर अनलाईन कक्षा लिन बाट बञ्चीत भएका हुन ।
बाग्लुङ नगरपालिका वडा न १४ नारायण स्थानमा रहेको जनताधन माध्यमिक विद्यालय बाग्लुङ्मा कक्षा ८ मा अध्यनरत रहेका शर्माको घरमा आर्थिक अबस्था अत्यन्तै नाजुक रहेका कारण सहयोगका लागी सबै समक्ष आग्रह गरेका छन । शर्मा र उनकी दिदी चाँदनि शर्मा दुबै जना दृष्टि बिहिन हुन चाँदनीले अहिले ११ कक्षामा अध्यनरत छन उनिहरु दुबै भाई पोखरा स्थित एक ब्यक्तिको सहयोगमा जनताधन माबिको आबासमा बसेर पढ्दै आईरहेका थिए ।शर्माको घरमा बाबाआमाले कृषी पेशा गर्दै आईरहनु भएको छ एक जना दाजु घरमै रहेका छन ।सहयोग गर्न चाहने हरुले शर्माको मोबाईल न ९८४०५६७१७४ मा सम्पर्क गर्न अनुरोध गरेका छन ।