श्रावण २९
गुल्मीको रेसुङ्गा नगरपालिका– ४ अर्खलेका गुणानिधि भण्डारीले गाईपालन व्यवसायबाट महिनामा १ लाख ३० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । गाउँमै बसेर कृषि पशुपालन गर्नेहरुलाई भने कारोनाले असर नै पारेन । व्यावसायिक रुपमा सञ्चालन गरेको गाई फार्मबाट लकडाउनमा पनि सामान्य अवस्थामा जस्तै आम्दानी भएको उनले बताए ।
आफूले सञ्चालन गरेको रेसुङ्गागाई फार्मबाट मासिक रुपमा १ लाख ३० हजार आम्दानी हुने गरेको भण्डारीको भनाई छ । उनको गाई फार्ममा भारतीय साइवल, अमेरिकी होलस्टेन र जर्सी जातका गाई छन् । “फार्ममा अहिले २० वटा गाई छन्, दैनिक ११० लिटर दूध बजार निर्यात हुन्छ ।” उनले भने । सदरमुकाम तम्घासमा नै खपत हुने दूध गाई फार्मबाट नै प्रतिलिटर ५५ रुपैयाँका दरले बिक्री हुने गरे
को उनले बताए । लकडाउनको समय अवधिमा दूध बेच्न केही कठिनाई भएपनि आम्दानी भने नघटेको उले बताए । जिल्लाको सदरमुकाम तम्घास नजिकै अर्खलेमा सञ्चालन गरेको गाई फार्मबाट तम्घासमा दूध पर्याप्त पुग्ने गरेको छ ।
१० वर्ष अघिबाट सञ्चालनमा आएको गाई फार्ममा अहिले एक करोड भन्दा बढी मूल्य पर्ने गाई मात्रै छन् । बिहादेखि साँझसम्म गाई गोठमा समय बिताउने भण्डारी पेशाबाट सन्तुष्ट छन् । ४ वटा गाई भारतबाट ल्याएर फार्म सुरु गरेको भण्डारीको भनाई छ । भण्डारीले आम्दानी गरेको रकम गाई फार्ममा नै लगानी गरेको बताए । खोप भ्याक्सिनहरु नगरपालिकाले उपलब्ध गराए सहयोग पुग्ने उनको भनाई छ ।