श्रावण २९
बागलुङ नगरपालिका वडा नम्बर(४ ढोडेनी स्थित कालीगण्डकी किनारमा बिहिबार दिउसो बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो । स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरीले शव नदी किनारबाट बाहिर निकालेको छ ।
शव पुरानो जस्तो देखिएको प्रहरी निरिक्षक रिजालको भनाई छ । शवको कसको र कहाँबाट बगाएर ल्याएको एकिन नभएको प्रहरीले जनाएको छ ।