श्रावण २९
पाल्पामा पहिलो पटक समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ । तानसेन–४, स्थित घरमै बसेकी ४० वर्षिया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
घरमै बसेर लुम्विनी मेडिकल कलेजमा उपचाररत महिलामा कोरोना सङक्रमण देखियो पन्थीले भन्नुभयो पहिलो पटक समुदाय स्तरको मानिसमा कोरोना देखियो । ती महिला आफन्तको उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा सहयोग कार्यमा खटिएकी थिइन् । बुधबार स्वाब संकलन गरिएकोमा ती महिलाको रिपोर्ट बिहीबार आएको हो ।
बिरामीको थप उपचारका लागि काठमाडौँमा लैजाने प्रकृयाका लागि महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । महिलासँगै खटेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पा प्रदेश ५ मै तेस्रोमा कोरोना संक्रमण रहेको जिल्लाको रुपमा पर्दछ । छिमेकी जिल्ला रुपन्देही र स्याङ्जामा समेत समुदाय स्तरमा कोरोना फैलिसकेकाले त्यस स्थानमा लकडाउन गरिएको छ ।
कैलालीमा चट्याङ लागेर एक बालिकाको मुत्यु भएको छ ।बिहीबार लम्कीचुहा नगरपालिका–१, लम्कीमा चट्याङ लागेर १३ वर्षीया अन्जु शाहीको घटनास्थलमै मृत्यु भएको हो ।
जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङ लागेको थियो । चट्याङबाटै सोही ठाउँकी १४ वर्षीया भावना शर्मा घाइते भएकी छन् । उनको अहिले लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक अन्जुको शव ‘पोस्टमार्टम’का लागि टीकापुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।