काठमाडौ
भदौ ९- पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैबिच विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण २ करोड ३८ लाख ३४ हजार मानिस सङ्क्रमित भएका छन् । हाल सम्म विश्वमा कोरोनाको कारण ८ लाख १७ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमण जितेर १ करोड ६३ लाख ७७ हजार मानिसहरु भने घर फर्किएका छन् ।