११ भदौ
इस्मा गाउँपालिका २३ बर्षिका पुरुष , गुल्मी दरबार गाउँपालिका ७६ वर्षिय महिला र अर्का एक जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको र एक जनाको विवरण आउन बाकि रहेको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ८२ पुगेको छ । संक्रमित मध्ये ३ सय ६६ जना निको भएर घर फर्किसकेका छन् भने ३ जनाको ज्यान गइसकेको छ ।
बिहिबार बिहान गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ८ स्थित बाघ खोला भन्ने स्थानमा शव फेला परेको हो । मृतक महिला गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ की ४३ वर्षिय विष्णु माया कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी केदार राज पन्थले बताउनुभयो । मृतक कुमालको शव पोष्टमार्टमको लागी सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी पन्थले बताउनुभयो ।