अनिल खत्री
१३ भदौ, गुल्मी
गुल्मीमा पर्यटकीय गनतव्य बनेको ट्रि–हाउस सुनसान भएको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारणले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को उनयचौरको ट्रि–हाउसमा आन्तरिक तथा बाह्य पर्यटक नपुग्दा ६ महिनादेखि सुनसान हुँदै आएको हो ।
गत वर्षको भदौबाट सञ्चालनमा ल्याइएको गुल्मीको उनाएचौरको ट्रि–हाउसमा अबलोकन कर्ता जान छोडेपछि सुनसान हुँदै आएको छ । यसक्षेत्रमै अन्तरिक तथा बाह्य पर्यटकीय गनतव्य बन्दै आएको गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–५, ६, ७ को संगम स्थल उनयचौरमा सल्लाको रुखमा ट्रि–हाउसम निर्माण भएपछि पर्यटकको लागि अबलोकन गर्न लायक स्थल बनेको थियो ।
तर बिश्वव्यापी रुपमा फैलिरहे कोकोरोना भाइरसका कारणले झण्डै ६ महिना यता ट्रि–हाउसमा अबलोकन कर्ता नगएपछि सुनसान बनेको छ । कोरोनाका कारणले गत वर्षको चैत्र ११ गतेबाट बन्द गरिएको थियो । पुनः साउन ७ गतेबाट सञ्चालनमा ल्याइए पनि चहलपहल भने हुनसकेको छैन् ।
दैनिक १ हजार जनासम्मले अबलोक हुँदै आएको ट्रि–हाउसमा हाल भने १० देखि २० जना पुग्ने गरेको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख गर्दै आएका घनश्याम पन्थी बताए । ट्रि–हाउस सञ्चालनमा ल्याएको एक वर्षको अबधीमा झण्डै ४ लाख रुपैयाँ संकलन भइसकेको छ ।
अबलोकनका लागि बिद्यार्थीलाई १० रुपैयाँ र अन्यलाई २० रुपैयाँ शुल्य लिइदै आएको छ । प्रदेश नम्बर ५ वन मन्त्रालयको १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ आर्थिक सहयोगमा ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ ।
रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्छ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
यसक्षेत्रको नयाँ खालको रहेकाले हेर्न आउनेहरुले निकै रमाइलो मान्ने गर्दछन् । ट्रिहाउसमा अबलोकन गर्न शनिवार र बिदाको दिन धेरै पर्यटकहरु पुग्ने गर्दथे । उनाएचौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणमा प्राबिधिक समस्या देखिए पछि बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय पर्यटकीय पार्क ट्रि–हाउस बनेपछि स्थानीयहरु उत्साहित छन् ।