अजय जेम्स
भदौ २० – करदाता सेवा कार्यालय गुल्मीमा स्थापना भएको एक महिनाको अवधिमा ३ करोड ५० लाख राजस्व संकलन गरेको छ । जिल्लामा कर सम्बन्धी काम गुल्मीमा हुन थालेसँगै स्थानीयलाई पाल्पा बुटवल जानपर्ने बाध्यता पनि अत्य भएको छ । यो अबधीमा आयकर दर्ता १ सय ५० जनाले गरेका छन् । मूल्य अभिवृद्धी कर दर्ता ३० जनाले गरेका छन् । अन्तर मूल्य नविकरण ७ सय जनाले गरेको छन् । व्यक्तिगत प्यान ३ सय ५० जनाले लिएका छन् । एक महिनाको अवधिमा कर चुक्ता ३ सय जनाले गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । भने खाता प्रमाणित ५ सय जनाले, व्यवसाय परिवर्तन ५० जनाले गरेको र कारोबार बन्द ५० जनाले गरेको कर अधिकृत विनोद कुमार माझीले बताउनुभयो । जिल्ला सदरमुकाम तम्घासमा करदाता सेवा कार्यालयको स्थापना भएपछि करसम्बन्धी कामको लागि पाल्पा बुटवल जानपर्ने बाध्यता अत्य पनि भएको छ । घरदैलोमै सेवा पाउदा यसले नागरिकहरुमा खुसी जगाएको छ । यस अघि कर सम्बन्धी काम गर्न पाल्पा बुटवलसम्म जाने समय सदुपयोग भएको उनीहरुको भनाई छ । यहाँका व्यवसायीहरुलाई कर तिर्न निकै समस्या रहेकाले कार्यालय खुलेसँगै करको दायरा बढनुका साथै ब्यवसायीलाई पनि सहज भएको छ ।