भाद्र २३
चुरामणी तिमिल्सिना
कृषि पेशाबाट राम्रो आम्दानी हुन थालेपछि रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ भटकुवाका लक्ष्मण खनाल र माया खनालले नियामित गर्दै किराना पसल बिक्री गरेर केही महिना यता देखि कृषि पेसा अगाल्नु भएको छ । पसलमा दिन भरी बस्दा सामान बिक्री नहुने भएपनि उधारो बढी जाने गर्दा आफुहरुले यो पसल सन्चालन नगरेको माया खनालले बताउनुभयो । प्राय गरि यस भेगमा बोडि आलु, भन्टा, सिमि गहते फर्सी कर्कलो, मुला लगायतको बढी तरकारीबाट आम्दानी लिदै आइरहेको लक्षमण खनालले बताउनुभयो । करिब ३० बर्ष यताकै काक्रो उद्पादन भएपछी कृषकहरु खुसिले गदगद भएका थिए । काक्रो खरिद गर्न गाउँमा पुगेको पैचो पसल प्रालिले प्रती केजि बढीमा १५ सम्म दिन मिल्ल्ने भनेपछि कृषहरुले बरु उत्पादन नै बिक्री नगर्ने बताएको सन्चार्कमी सुशील श्रेष्ठले जानकारी गराउनुभयो । खनाल परिवारले केही बर्ष तालिम लिएर काउली, बन्दा, करेला लगायतबाट प्रशस्त आम्दानी लिन सफल भएको बताउनुभयो ।
यसै आम्दानीबाट छोराछोरिलाइ उच्च शिक्षा पढाएको र बाकी रकम बैकमा समेत जम्मा गर्दै आएको मायाले बताउनुभयो । कृषि ब्यवसाय गर्न प्रयाप्त सिचाइको सुबिधा बिना आधुनिक औजारको प्रयोग तथा परम्परागत कृषि गर्दै आएको र आम्दानीमा पनि सन्तुष्ट भएको लक्षमणले बताउनुभयो । गाउँपालिकाले केही सहयोग गरे पनी प्राबिधिक भने अहिलेसम्म उपल्बध नगराएको उहाँको गुनासो छ । आफुहरुको समूहगत रुपमा बेर्ना बनाउने काम पनि निकै सफल भएको बताउनुभयो । गाउँपालिकाले बेला बेलामा तालिम दिने हो भने र प्राबिधिक खटाइदिने हो भने मासिक ४० हजारको सेरोफेरोमा आम्दानी गर्न सकिने भएको छ ।