गुल्मी दरबारगाउँपालिकामा नागरिकको सहज पहुँचका लागि फ्रि वाईफाई जडान कार्य सुचारु

भाद्र २७
जिल्लाको गुल्मी दरबार गाउँपालिकाले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै सुचनामा नागरिकको सहज पहुँचका लागि फ्रि वाईफाई जडान कार्य सुचारु गरेको छ। कार्यपालिकाको कार्यालय परिसरमा करिब १०० मिटर चारै दिशातर्फ तिव्र गतिको फ्रि वाईफाई जडान गरिएको छ।
वाईफाई ईन्टरनेट २४ घण्टामा एकपटक मात्र १ घण्टा ३० मिनेट प्रयोग गर्न सकिने र उक्त अवधि पश्चात् ईन्टरनेट स्वत अवरुद्ध हुने र वाईफाई प्रयोगका लागि प्रयोगकर्तालाई कुनै आईडी पासवर्डको जरुरत नपर्ने गाउँपालिकाका सुचना अधिकारी सुरेश खनालले जानकारी दिनुभएको छ।
सेवाग्राहीले ईन्टरनेटको दुरुपयोग गरे नगरेको भन्ने अभिलेख ट्रयाकिङ सिस्टम मार्फत कार्यलयले तुरुन्तै हेर्न सकिने र ईन्टरनेटको दुरुपयोग गर्ने जो कोहिलाई पनि प्रचलित कानुन बमोजिम कार्वाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भयो ।
दोस्रो चरणमा भवाने पार्क र चारपाला दरबारमा पनि ईन्टरनेटको सुविधा रहने गाउँपालिकाले जनाएको छ। सेवाग्राहीले आवश्यक रुपमा ईन्टरनेटको उचित प्रयोग गरी लाभ लिने कुरामा गाउँपालिका बिश्वस्त रहेको छ साथै गाउँपालिकाले कार्यलयबाट हुने सेवाप्रभावलाई सहज र प्रभावकारी बनाउनका लागि विभिन्न क्रियाकलापहरु गर्दै आएको छ।

You might also like

Leave A Reply

Your email address will not be published.