काठमाडौ /असोज २ -आजदेखि अधिकमास अर्थात मलमास शुरु भएको छ । यो वर्षको मलमास असोज २ गते देखि ३० गते सम्म रहेको छ । मलमास असोजमा रहेकाले यस वर्षको दशैं र तिहार १ महिना पछि गएको हो । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने बताइन्छ । संक्रान्ति देखि मसान्तभित्र दुईवटा औंशी परेमा वा दुईवटा औंशीको विचमा सूर्य संक्रान्ति नआएमा त्यस महिनालाई मलमास भन्ने गरिन्छ ।