युगराज बस्याल
गुल्मी / असोज ३
लामो समयदेखि वाँझो रहन पुगेका गुल्मीका स्थानिय तहहरुमा पुनः खेती गर्न थालिएको छ । महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमण सुरु भएपछि २ नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीय तहका अधिकांश सर्वसाधारण गाउँ घरमा रहेका छन् । गुल्मीदरबार गाउपालीकामा पनि गत आर्थिक वर्षबाट बाजो जमिनमा खेती गर्न सुरु गरिएको छ । गत वर्ष कृषि ज्ञान केन्द्र गुल्मी र गाउपालीकाले मल ,बाझो जोत्ने व्यवस्थापन गरिदिएपछि कृषकहरुले ४०- ५० रोपनी जग्गामा सामुहिक रुपमा धान खेती गरेका थिए । यो आर्थिक वर्ष २०७७- ७८ बाट गाउपालीकाले पालीका भित्र भएका खेतियोग्य र अन्य बाझो जग्गाको भुमि बैकंमा दर्ता गर्नको लागि लगत संकलन कार्य सुरु गरेको गाउपालीकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । कोभिड १९ को कारणले देशमा रोजगारी गुमाएका तथा बिदेशमा रोजगारी गुमाएका , जो भुमि बिहिन छन, जसको पर्याप्त मात्रामा जग्गा छैन उनिहरुलाई भुमि बैकंमा भएको जग्गा निशुल्क उपलब्ध गराउने ,कृषि औजारहरुमा अनुदान दिने ,कृषि प्राबिधिकहरुबाट सहयोग गर्ने, बिउ बिजनहरु गाउपालीकाले उपलब्ध गराउने भएको छ ।
यस्तै जिल्लाको धुर्कोट गाउँपालिकाले कोरोना संक्रमणका कारण लकडाउन शुरू भएपछि सबैभन्दा पहिला किसानलाई नगद अनुदान दिने घोषणा गरेको थियो । गत वैशाख २ गते सूचना प्रकाशित गरेर गाउपालीकाले बिभिन्न शिर्षकमा अनुदान दिने घोषणा गरेर कृषकहरुलाई जागरुप बनाएको थियो । बाँझो जमिनमा फलफूल लगाए प्रतिरोपनी ३ हजार अनुदान, तरकारी लगाए प्रतिरोपनी ४ हजार अनुदान र खाद्यान्न बाली लगाएमा प्रतिरोपनी ५ हजार रूपैयाँ नगद अनुदान दिने निर्णय गाउपालीकाले गरेको थियो । गाउँपालिकाले दुई वर्ष खेती नगरेको बाँझो जमिनमा खेती गर्नेलाई मात्र अनुदान दिने निर्णय गरको थियो । अहिले गाउपालीकाको ७ वटै वडामा रहेका बाझो जग्गामा खेती गरिएको गाउपालीका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानिय तहहरुमा पनि बाझो जग्गामा खेति योजना बनाइरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिनुभयो । अहिले खेतीगर्ने सिजन पनि भएकाले गाउँ भित्रिएका मानिसहरु खेतीपातीमा व्यस्त हुन थालेका छन ।